शुक्रबार, १९ सेप्टेम्बर २०२५

थप ६९२ जनामा कोरोना संक्रमण, एकको मृत्यु

News Image
• • •

नेपालमा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन्। आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ।

सोमबार, कार्तिक ०७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)