राजु खनालले भन्छन्– दाङबाट राजधानी सार्न असम्भव छ

दाङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट निर्वाचित राजु खनालले प्रदेश राजधानी बुटलव सार्ने भन्ने कुरा असम्भव रहेको बताएका छन्।

निर्वाचित भएपछि संचारकर्मीसँग कुरा गर्दै उनले प्रदेश राजधानी सार्न सम्भव नरहेको र अब छिट्टै यहीँबाट कामहरु सुचारु हुने बताए।

'मेरो भूमिका म निर्वाचित भएर गएको दिनदेखि नै राजधानी तोकिएको दाङको देउखुरीबाट नै कामहरु सुचारु गर्ने हुन्छ,' उनले भने, 'राजधानी फेरि अर्को ठाउँ सार्ने भन्ने कुरा असम्भव हो। बरु छिट्टै स्थायी राधानीबाट सबै कामहरु सञ्चालन हुन्छ।'

खनालले सबै मतदाता तथा नेता कार्यक्रताहरुलाई धन्यवाद पनि दिए। उनले जनतालाई अप्ठ्यरो परेको समयमा जुनसुकै बेला पनि आफू सहयोगका लागि तत्पर रहने बताए।

संघीय संसदमा एक पटक भूमिका निर्वाह गरिसकेको भन्दै उनले प्रदेशमा थप कृयाशील र नयाँ रुपमा काम गर्दै जाने बताए।

प्रकाशित मिति: : 2022-11-23 13:56:00

प्रतिकृया दिनुहोस्