शनिबार, २० सेप्टेम्बर २०२५

रेखासँग विवाह गर्न चाहन्थे सलमान 

Photo Credit – Salman Khan/Instagram
• • •

बलिउडका सुल्तान अर्थात् सलमान खान यतिबेला आफ्नो ५७ औँ जन्मोत्सव मनाइरहेका छन्। उनले आफ्नो पर्सनाल्टी र अभिनयले भारतलाई मात्र होइन पूरै दुनियाँका मानिसलाई फेन्स बनाएका छन्। 

उनी एक फिटनेश अभिनेता मानिन्छा्। कुनै समय संसारको टप हेन्डशम केटाहरुमध्ये उनी एक थिए। जसको पछि लाखौँ केटीहरु घायल छिन्।

आफ्नो अभिनयको कारण चर्चामा रहेका उनी प्रेमको मामलामा पनि उत्तिकै चर्चित छन्। लाखौँ युवतीहरुको मन चोरेका खानको नाम पाकिस्तानीकी अभिनेत्री सोमी अलीसंगीता बिजलानी, ऐश्वर्या राय, कैटरीना कैफ र यूलिया वन्तूरसँग जोडिसकेको छ। तर सलमान खाान यी सबै अभिनेत्रीसँग प्रेम सम्बन्धमा हुनुअघि रेखाको लागि पागल थिए। 

उनै रोखा जसका नाम अभिनेता अमिताभ बच्चनसँग जोडिएको थियो। रेखाले एकपटक आफैँले बिग बसमा सो कुराको खुलासा गरेकी थिइन्।

उनले बताएकी थिइन् कि, जब सलमान ८ वर्षका थिए। तबदेखि नै उनको पछि परेका थिए। त्यो समय रेखा सलमानको छिमेकी थिइन्।

जब रेखा बिहानबिहानै मनिगं वाकको लागि बाहिर निस्किने थिइन्। तब उनलाई पछ्याउँदै सलमान साइकल लिएर निस्किन्थे।

रेखाको कुरा अनुसार सलमानले आफ्नो घरमा समेत भनिसकेका थिए कि उनी रेखासँग नै विवाह गर्न चाहन्थे। सोही कारण सलमानले हालसम्म विवाह गरेका छैनन। 

मंगलबार, पौष १२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)