
माधवकुमार ओली
बलात्कार मुद्दा खेपिरहेका नेपाली काँग्रेस रोल्पाका तत्कालीन कोषाध्यक्ष खटक बहादुर खत्री ‘तोराबोरा’ले सफाइ पाएका छन्।
जिल्ला अदालत रोल्पाका न्यायाधिस खिमानन्द भुषालको एकल इजलासले बुधवार बलात्कार आरोप प्रमाणित नभएको भन्दै खत्रीलाई सफाइ दिने निर्णय गरेको हो।
गत २०७८ भदौमा एक महिलालाई बलात्कार गरेको आरोपमा खत्रीले मुद्दा खेप्दै आएका थिए। खत्री आजै जिल्ला अदालतबाट सफाइ पाएर कारागारबाट पनि छुटेका छन्।
ती महिलाले लेनदेन विषयलाई लिएर झुटा आरोप लगाएकाले आफूले न्याय पाएको खत्रीको भनाई छ। ‘मैले यो १६ महिनामा ठूलो अनुभव गरेँ’, सफाइ पाएलगत्तै खत्रीले भने, ‘अब आगामी दिनमा मैले यस्ता आरोपबाट अन्य कसैले अन्यायमा पर्न नपरोस् भन्न चाहन्छु।’
खत्रीको पक्षमा अधिवक्ता माधवप्रसाद आचार्य र दामोदर प्रसाद सुवेदीले बहस गरेका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया