
बिएल संवाददाता
नेपाली मौलिक संस्कृति बोकेको लोकदोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधिक रुचाइएको छ। लोकस्टार शनी विश्वकर्मा र करुणा ओलीद्वारा स्वरवद्ध लोकदोहोरी गीति एल्वम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो।
आयातित संंस्कृतिको प्रभावले नेपाली गीत संगीत विकृत बन्दै गइरहेको समयमा मौलिक नेपाली संस्कृति र जीवन शैली झल्काउने गीति एल्वम ‘खर काटेर’को प्रमोसनका लागि टिकटकमा पोष्ट गरिएको सुटिङ रिपोर्टले दर्शकको मन जितेको मात्र छैन, टिकटक पोष्ट ह्वात्तै बढेको छ।
मनोरञ्जनको भरपर्दो साधनका रुपमा रहेको टिकटकमा दुई दिनमै २ सय ५० बढी व्यक्तिले गीतको शीर्ष भाग (स्थायी/थेगो)लाई पोष्ट गरेका छन्। सञ्चारकर्मी टीका बस्नेतको शब्द रचना, करुणा ओलीको संगीत रहेको गीतको संगीत संयोजन नगेन्द्र वियोगीले गरेका छन्।
प्रकाश शाहीको प्रस्तुती रहेको गीत सुर्खेतको रमणीय वातावरणमा छायांकन गरिएको गीतमा प्रकाश शाही, नवीन ओली, सीता भण्डारी र लक्ष्मी सुनारको अभिनय रहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया