वैकल्पिक राजनीतिको तरंग

मुलुकमा उपनिर्वाचनका मत परिणामहरूले विकल्पको सन्देशसहित समसामयिक राजनीति बदलिएको संकेत गरेको छ। राजनीतिक, आर्थिक र सामाजिक आयामहरूमा आएको परिर्वतनले राजनीतिक दलभित्र र समाजबाट नै एउटा स्वप्नकल्प नेतृत्वको जनअपेक्षा चुलिँदो छ।

पछिल्लो स्थानीय तहको निर्वाचन र आमनिर्वाचनबाट केही नाटकीय परिणामहरू आए। आमनिर्वाचन परिणामपश्चात् पनि ठूला र पुराना दलहरूले परिवर्तित परिवेशलाई आत्मसात् गर्न सकेनन्। फलस्वरूप उपनिर्वाचन क्षेत्रमध्ये तनहुँ र चितवनमा भारी मतान्तरसहित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। नेपाली मतदाताले बेलाबेलामा चाहना गरेको विकल्पको मत यसपटक पनि देखियो। मत परिर्वतनको नवीन सोचमार्फत मतदाताले आफ्नो जनप्रतिनिधिका रूपमा युवा नेताहरूलाई नीतिनिर्माणको थलो संसद्सम्म पुर्‍याएका छन्।

प्रकाशित मिति: : 2023-04-29 06:20:00

प्रतिकृया दिनुहोस्