नेपाली क्रिकेटकाे चमत्कार: डेढ महिनामा ओडिआई मान्यता जाेगाएर एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको छनोट खेलमा पुगेको छ। मंगलबार भएकाे एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको छ। नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ।

नेपाली राष्टिय क्रिकेट टोलीले एउटा इतिहास रच्दै भारत र पाकिस्तानसँग खेल्ने ठूलो अवसर हात पारेको हाे।

एसीसी प्रिमियर कपको समूह ‘ए’ मा अपराजित रहँदै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्यो। शनिबार सेमिफाइनल खेल पनि वर्षाका कारण स्थगित हुन पुग्यो। नेपाल समूह विजेता रहँदै फाइनलमा आफ्नो स्थान बनायो।

नेपाली क्रिकेटका लागि यूएई हरेक पटक बाधक बन्दै आएकाे थियाे तर यसपटक भने नेपालले रोमाञ्चक जित निकाल्दै यूएईलाई हराएको छ। एसीसी कपमा मात्र नभई नेपालले गत वर्ष विश्वकप छनोटमा पनि आफ्नो स्थान सुरक्षित पारिसकेको छ। एसीसी प्रिमियर कप जितेसँगै नेपाली क्रिकेटले पुन: राम्रो सुरुवात गरेको छ।

ओमनविरुद्ध नेपालले रचेको त्यो कीर्तिमान

एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले ओमानसँग खेलेको थियो, जहाँ नेपालले एउटै खेलमा तीन कीर्तिमान बनाएको थियो।

ओमनविरुद्धको खेलमा नेपालका अलराउन्डर कुशल मल्लले आफ्नो पहिलो शतक प्रहार गरे। ओमनको खेलमा मैदानमा छैटौँ नम्बरमा आएका कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गरेका थिए। त्यस्तै, सोही खेलमा नेपाली टिमका स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाए।

उनले ओमनसँगको खेलमा सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बने। त्यस्तै, उक्त खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले सो खेलसम्म ओडिआईमा त्यति ठूलो स्कोर दिएको थिएन।

सन्दीपको विश्व कीर्तिमान र नेपालको सान

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। उनी ४२ खेलमा नै १०० विकेट बनाउने खेलाडी बनेका हुन्। सन्दीपले ५ वर्षअघिदेखि अफगानिस्तानका रसिद खानले बनाएको रेकर्ड तोडेका हुन्।

कतारविरुद्ध नेपालको त्यो खराब ब्याटिङ

समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग प्रतिस्पर्धा गरेको थियो। कतारसँग खेल्नुअघि नै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो। समूह चरणको सबै खेलमा राम्रो प्रदर्शन गरेको नेपालले कतारविरुद्ध खराब ब्याटिङ गरेको थियो। नेपाल कतारविरुद्ध ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनमा अलआउट भएको थियो।

समूह चरणकाे अन्तिममा रहेको कतारसँग नेपालको ब्याटस्-म्यानहरु एक-एक गर्दै आउट हुन पुगेका थिए। नेपाल कतारसँग पराजित भएपनि सेमिफाइनलमा पुगिसकेको थियो तर समूहको अन्तिममा रहेको कतारसँग नेपालका ब्याटस्-म्यान नटिक्दा नेपालको ब्याटिङ अझ पनि सन्तोषजनक नरहेको प्रस्ट रुपमा देखा परेको थियो।

कतारविरुदको खेलमा सन्दीपको अलराउन्ड प्रदर्शनी

कतारसँगको खेलमा नेपाली ब्याटरहरु एक एक गर्द आउट भएका थिए। नेपालका लागि सन्दीपले सर्वाधिक ४२ रन बनाएका थिए। उनले ५८ बलमा ४ चौका प्रहार गरेका थिए। उनले सो रन आफनो ओडिआईमा सबैभन्दा धेरै रन बनाएका थिए। सोही खेलमा नै उच्च रन बनाएका उनले ५ विकेट लिएर आफनो अलराउन्डर प्रस्तुती दिएका थिए।

रोहितले कुवेतविरुद्ध चुकाएको त्यो शतक

नेपालले गत शनिबार सेमिफाइनलको खेल कुवेतसँग खेलेको थियो। नेपालका कप्तान रोहित कुमार पौडेल र अलराउन्डर कुशल मल्लले एक साथ शतक प्रहार गरेका थिए।

अलराउन्डर कुशल भने अर्धशतक बनाएर आउट हुन पुगेका थिए भने कप्तान पौडेल शतक बनाउनबाट चुकेका थिए। रोहित ९४ रन बनाएर क्याच आउट हुन पुगेका थिए। सो खेल वर्षाका कारण प्रभावित भएसँगै ४२ ओभरमा झरेको थियो।

मुलपानी माथिल्लो मैदानले पायो ओडिआई मान्यता

मुलपानी क्रिकेट मैदानले एसीसी प्रिमियर कपअन्तर्गत पहिलोपटक एकदिवसीय अन्तर्राष्टिय मान्यता प्राप्त गरेको छ।

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार यूएई र ओमनबीच भएको खेलमा मुलपानी माथिल्लो क्रिकेट मैदानले मान्यता प्राप्त गरेको हो। मुलपानी माथिल्लो मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो। त्यसअघि भएको मुलपानी मैदानको कुनै पनि खेलमा ओडिआई मान्यता प्राप्त भएको थिएन।

प्रकाशित मिति: : 2023-05-02 13:52:00

प्रतिकृया दिनुहोस्