शनिबार, २० सेप्टेम्बर २०२५

यस्तो छ साढे २ अर्ब लगानीको 'रमाडा इनकोर'

सेतोपाटी

सेतोपाटी

सविना कार्की
News Image
• • •

काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा होटल 'रमाडा इनकोर' खुलेको डेढ वर्ष हुनै लाग्यो। कोरोना मत्थर भएसँगै सञ्चालनमा आएको यो चारतारे होटल अहिले पर्यटकले भरिभराउ हुन थालेको छ।

होटलका सञ्चालक गोपाल पंगेनी रमाडा इनकोर विदेशी पर्यटकमाझ लोकप्रिय बनेको बताउँछन्। उनका अनुसार सन् २०२३ यता होटलले १५ करोड रूपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ।

अमेरिकी कम्पनी 'वेन्दहाम होटल एन्ड रिसोर्ट' का २२ वटा ब्रान्डमध्ये एउटा हो 'रमाडा'। सत्तरी वर्ष पुरानो यो कम्पनीले विश्वका थुप्रै पर्यटकीय गन्तव्यमा होटल-रिसोर्ट व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। ९५ मुलुकमा यसका नौ हजार ६ सयवटा होटल-रिसोर्ट सञ्चालित छन्।

सोमबार, जेठ ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)