प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

File Photo
File Photo

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरिएको छ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको हाे।

सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ। उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ।

गत वैशाख २५ गते संवैधानिक परिषदले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ। बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो। बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ।

प्रकाशित मिति: : 2023-05-30 11:44:00

प्रतिकृया दिनुहोस्