शुक्रबार, २२ अगस्ट २०२५

एनआरएनए अमेरिकाको उपाध्यक्षमा अनुप खानालकाे उम्मेदवारी, महासचिवमा कार्कीलाई समर्थन

News Image
• • •

गैरआवासीय नेपाली संघ (एनआरएाए) अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालले ‘युवाको बृहत सहभागीता, संस्थाको दिगो सफलता’भन्ने नारासहित युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन।

गैरआवासीय नेपालीकाे साझा चासो र सरोकारमा ठोस योजनासहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैरआवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताएका छन। गफ गर्नलाई होइन, काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको खनालले बताए।

बर्तमान कार्यसमितिमा सफल सचिव खनालले आफ्नो कामको मूल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन। नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने मेरो हुटहुटीलाई अबका दिनमा अझ सक्रियातासहित अगाडि बढाउनुपर्छ भन्ने सोचाइका साथ सुरुका दिनहरुमा संघको महासचिव पदको लागि आफूलाई प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको र महासचिव पदमै उम्मेदवारी दिने सोचाइ बनाएको तर अग्रजहरुको सल्लाहअनुसार  रामहरि अधिकारीको संस्थाप्रतिको लगाव र महासचिव पदमा रहेर सेवा गर्ने तीव्र इच्छा र चाहनालाई सम्मान गर्दै यसपटकको लागि महासचिव पदमा आफ्नो सनर्थं कार्कीलाई नै रहेको जनाउँदै खनालले संघको आगामी २०२३-२०२५ नेतृत्वको लागि युवा उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन।

गैरआवासीय नेपाली संघ अमेरिकामा धेरै सुधारका योजनासहित २०२३-२५ कार्यकालको युवा उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी दिएको जनाउँदै खनालले एक प्रेस विज्ञप्ति जारी गरेका छन।

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षका उम्मेदवार बर्तमान सचिव अनुप खनालद्वारा जारी प्रेस विज्ञप्ति :

सम्पूर्णमा नमस्कार

‘युवाको बृहत् सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित मैले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गर्दै गर्दा मेरो कामको मुल्याकंन गर्ने जिम्मा यहाँहरु समक्ष मै राखिदिएको छु। एउटा सामान्य र राजनितिक पृष्ठभुमि भएको परिवारमा जन्मेको म सानो केटो करिब १६ बर्ष अगाडि साना सुटकेस सहित ठूला सपना देखि उच्च शिक्षा हासिल गर्न भनि सबैको सपनाको देश कर्मभुमि अमेरिका आएको थिए।संघर्षमा वितेका अमेरिकाको विद्यार्थी जीवनमा पनि नेपाल र नेपाली समुदायको लागि केहि गर्नु पर्छ भन्ने भावना सहित नेपाली समुदायमा रहेका विभिन्न संघ संस्थाहरुमा पदमा रहेर वा नरहेर पनि आफ्नो सक्रिय अबद्धता दिदै आएको थिए र छु र आज गैर आवासीय नेपाली हरुको साझा संस्था गैर आवासीय नेपाली संघ, अमेरिकाको यात्राको दौरान च्याप्टरमा बोर्ड सदस्य हुदै केन्द्रिय स्तरमा स्टुडेन्ट टास्क फोर्स को सह- संयोजक देखि हाल वर्तमान कार्य समितिमा सचिव पदमा रहदाँ सम्म म आफ्नो काम र जिम्मेवारी प्रति पुर्ण बफादार रहि काम गरिरहेको पनि जानकारी गराउँन चाहन्छु। 

नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने मेरो हुटहुटि लाई अबका दिनमा अझ सक्रियाता सहित अगाडि बढाउनु पर्छ भन्ने सोचाईका साथ शुरुका दिनहरुमा संघको महासचिव पदको लागि आफ़ुलाई प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको थिए  ऱ महासचिव पदकै लागि उमेदवारी घोषणा गर्ने निर्णयमा पनि पुगि सकेको थिए र सोहि अनुरूप सबै सँग गहिरो संवाद गरेर पुर्ण तयारीमै पनि थिए तर संघ र समाज लाई अझ बढि मजबुद र समाजका लागि एउटा दाईत्व बोकेको र समाजमा परिर्वतन लेराउँछु भन्ने नारा बोक्ने हामी युवाहरु नै समाजको फुटको कारक बनेर संघ र समाजलाई अझ तरल अवस्थामा पुराउनु हुदैन भन्ने मेरो सोचाई, सबै सँग गहिरो संवाद, सल्लाह  र सुझाव लाई मध्यनजर गर्दै मैले मित्र Ram Hari Adhikari जीको संस्था प्रतिको लगाव र महासचिव पदमा रहेर सेवा गर्ने उहाँको तीब्र इच्छा र चाहाना लाई सम्मान गर्दै यसपटकको लागि महासचिव पदको लागि मैले उहाँलाई समर्थन गर्ने निर्णय गर्दै म आफु भने संघको आगामी २०२३ - २०२५ नेतृत्वको लागि युवा उपाध्यक्ष पदमा उमेदवारी घोषणा गर्ने निर्णयमा पुगेको छु।मलाई आशा र विश्वास छ मेरो यो निर्णय लाई यहाँहरु सम्पूर्णले सकारात्मक रुपमा लिई मैले विगत र वर्तमानमा नेपाल र नेपाली समुदाय प्रति गरेका कामहरुको मुल्यांकन गर्दै र हिजोका दिन देखि आज सम्म जसरी यहाँहरु सम्पूर्णले मलाई अपार माया साथ, सहयोग, समर्थन दिनुभयो त्यसरी नै आज पनि र भविष्यमा पनि दिनुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु।

अन्त्यमा युवा, बिधार्थी र युवाहरु लाई जोड्ने खेलकुदको लागि के कसरि आगाडी बढाऊनको लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्ने मेरो प्रतिबद्धताहरु यहाँहरु समक्ष चाडै नै प्रस्तुत गर्ने पनि जानकारी गराउँन चाहन्छु र यदि यहाँहरु सँग पनि कुनै त्यस्ता खालका सल्लाह र सुझाव भएमा कृपया मलाई सम्पर्क पनि गर्न सक्नु हुनेछ।

शनिबार, असार ०२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)