शुक्रबार, २२ अगस्ट २०२५

कहिले आउला भुटानको ‘ड्रुक एयर’ पोखरामा?

News Image
• • •

भुटानको ‘ड्रुक एयर’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्ने भएको छ। भुटानको पारो अन्तराष्ट्रिय विमानस्थलबाट सिधा पोखराको विमानस्थलमा उडान गर्ने भएको हो।

ड्रुक एयरले पहिलो उडान आउने सेप्टेम्बर ९ का दिन गर्नेछ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एयरले पाराेदेखि पोखरामा हप्तामा ७ फ्लाइट गर्ने छ।

ड्रुक एयर पोखरा विमानस्थलबाट व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स हो। सुरुमा पारो–पोखरा उडान भरे पनि बिस्तारै पोखरा–दिल्ली–पारो उडान भर्ने कम्पनीको योजना रहेको बताइएको छ।

यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो। तर आजसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान हुन सकेको थिएन।

मंगलबार, भाद्र १२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)