नेपाल र भारतको संयुक्त सैन्य अभ्यास सकियो

नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ। गत मंसिर  ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सो सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापमा आधारित थियो।

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो।

अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए।

अभ्यास समापन पश्चात् आज नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-12-08 19:47:00

प्रतिकृया दिनुहोस्