बिहिबार, २१ अगस्ट २०२५

पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालत पुगे कैलाश सिरोहिया

File Photo
• • •

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्वोच्च अदालत पुगेका छन्। 

दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष सिरोहिया मंगलबार रिट लिएर सर्वोच्चमा पुगेका हुन्। उक्त पक्राउ पुर्जी बदर गर्न माग गर्दै सिरोहिया अदालत पुगेकाे बताइएकाे छ।

उनले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार आफू तयार रहेकाे बताएका छन्। 

साथै उनले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट विचलित नहुने समेत बताएका छन्।

मंगलबार, जेठ ०८, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!