बिहिबार, २१ अगस्ट २०२५

राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज

Break n Links
• • •

सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने निर्णय गरेकाे हाे।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले यो निर्देशिका ल्याएर पूर्व मुख्यसचिव  शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।

बैरागीले साउन ९ गते नै राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिइसकेका छन्।

२०८० जेठ ३२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। 

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

बिहिबार, श्रावण २४, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)