
बिएल संवाददाता
नेकपा एमालेकी सांसद ईश्वरी जीएमले नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोवेल शान्ति पुरस्कार दिनुपर्छ भन्रे सांसदकाे अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद जीएमले भनिन्, ‘केही दिनअघि एक सांसदले यही सदनमा पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा शान्ति स्थापनाका लागि अहम भूमिका निर्वाह गरेकोले राम जनकजस्तै भगवान मानेर नोवेल शान्ति पुरस्कार पाउनुपर्ने हाँस्यास्पद माग गर्नुभयो।’
उनले महान हस्तीहरूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको खिल्ली उडाइएकाे बताइन्।
‘दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न प्रयास गरेवापत नेल्सन मण्डेला, रंगभेद र असमानताविरुद्ध अहिंसात्मक संघर्ष गरेवापत मार्टिन लुथर किङ्ग जुनियर, गरिब र असहायको सेवामा समर्पित भएवापत मदर टेरेसा, बाल शिक्षा अधिकारको वकालत गरेवापत झन्डै मारिएकी मलालालगायतका हस्तीहरूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको किन खिल्ली उडाइयो?’,जीएमले भनिन्।
प्रचण्ड नेतृत्वकाे द्वन्द्वमा हजारौँ मारिएका, घाइते भएका, बेपत्ता पारिएका र अझै शान्ति प्रक्रियाको काम नटुंगिएकाे भन्दै उनैलाई शान्तिको नायक मानेर नोवेल शान्ति पुरस्कार दिनुपर्ने? भन्दै प्रश्न गरिन्।
यस्ताे छ सांसद जीएमकाे संसदकाे सम्बाेधन
सम्माननीय सभामुख महोदय,
केही दिनअघि एक सांसदले यही सदनमा पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा शान्ति स्थापनाका लागि अहम भूमिका निर्वाह गरेकोले राम जनकजस्तै भगवान मानेर नोवेल शान्ति पुरस्कार पाउनुपर्ने हाँस्यास्पद माग गर्नुभयो।
सभामुख महोदय,
नोवेल शान्ति पुरस्कारको औचित्य र महत्व के हो? कस्ता व्यक्तिले यो पुरस्कार पाउँछन्? त्यसका केही दृष्टान्त राख्दछु। दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न प्रयास गरेवापत नेल्सन मण्डेला, रंगभेद र असमानताविरुद्ध अहिंसात्मक संघर्ष गरेवापत मार्टिन लुथर किङ्ग जुनियर, गरिब र असहायको सेवामा समर्पित भएवापत मदर टेरेसा, बाल शिक्षा अधिकारको वकालत गरेवापत झन्डै मारिएकी मलालालगायतका हस्तीहरूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको किन खिल्ली उडाइयो? प्रचण्ड नेतृत्वमा नेपालमा एक दशक चलेको द्वन्द्वमा हजारौँ मरे, घाइते भए, बेपत्ता पारिए, अझै शान्ति प्रक्रियाको काम टुंगिएकै छैन, त्यही प्रचण्डलाई शान्तिको नायक मानेर नोवेल शान्ति पुरस्कार दिनुपर्ने?
सभामुख महोदय,
हात्ती र हात्ती छाप वा शान्ति र हिंसा एउटै हुन् भन्ने भाष्य जबरजस्ती स्थापित गर्ने दुष्प्रयास यस सदनबाट नगरियोस्। धन्यवाद।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया