बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)काे केन्द्रीय कार्यालय भवनकाे शिलान्यास गरेका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार कीर्तिपुर नगरपालिका– २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका हुन्।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा रहेकाे पार्टी कार्यालयमा बाढी पसेर समस्या भएपछि एमालेले पार्टी सञ्चालनकाे लागि आफ्नै भवन निर्माण गर्न लागेकाे हाे।
पार्टी कार्यालय बन्न लागेकाे याे १० राेपनी १४ आना जमिन भने भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेका हुन्।
एमालेकाे बिहीबार बसेकाे सचिवालय बैठकले साे जग्गामा पार्टी कार्यालय बनाउने निर्णय गरेकाे थियाे।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया