बिहिबार, १८ सेप्टेम्बर २०२५

भाटभटेनीका मालिकले दान दिएकाे जग्गामा एमाले पार्टी कार्यालय बन्ने, ओलीले गरे शिलान्यास

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)काे केन्द्रीय कार्यालय भवनकाे शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार कीर्तिपुर नगरपालिका– २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका हुन्।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा रहेकाे पार्टी कार्यालयमा बाढी पसेर समस्या भएपछि एमालेले पार्टी सञ्चालनकाे लागि आफ्नै भवन निर्माण गर्न लागेकाे हाे।

पार्टी कार्यालय बन्न लागेकाे याे १० राेपनी १४ आना जमिन भने भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेका हुन्। 

एमालेकाे बिहीबार बसेकाे सचिवालय बैठकले साे जग्गामा पार्टी कार्यालय बनाउने निर्णय गरेकाे थियाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!