शनिबार, २० सेप्टेम्बर २०२५

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

साफ माहिला च्याम्पियनसिप–२०२४मा नेपालले अब फाइनल खेल्ने भएको छ। काठमाडौंको दशरथ रंगशालामा आइतबार नेपाल र भारतबीच सेमिफाइनल भएको थियो।

सेमिफाइनलमा दुबै समूहले १-१ गोल गरेर खेल बराबरी भएपछि ट्राइब्रेकमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। पेनाल्टी सुटआउटमा  ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हाे। नेपालका तर्फबाट सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे।  

यसअघि आइतबार नै भएकाे खेलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार, कार्तिक ११, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)