शुक्रबार, २२ अगस्ट २०२५

उपनिर्वाचनको मतदान सुरू, मतदाता बिहानैदेखि लाइनमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
तस्बिरः हेटौंडा–१२, मा लाइनमा बसेका मतदाता / हेडम्बा न्युज
• • •

देशका विभिन्न स्थानीय  तहका लागि ४१ पदमा हुन लागेको उपनिर्वाचनको मतदान सुरू भएको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदानमा बिहानैदेखि मतदाताहरू मतदानका लागि लाइन बसेका छन्। 

मतदानका लागि महिला र पुरूषको लाइन छुट्टछुट्टै बनाइएको छ। जेष्ठ नागरिक, अशक्त व्यक्तिहरूका लागि विषेश व्यवस्था गरिएको छ। उनीहरू लाइनमा बस्नु परेको छैन। 

उपनिर्वाचनलाई व्यवस्थित गर्नका लागि तीन वटै सुरक्षा निकायलाई परिचालन गरिएको छ। मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ। 

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

आइतबार, मंसिर १६, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!