
बिएल संवाददाता
नेकपा एमाले र काँग्रेस मिलेर बनेको सरकारका कारण अहिले ‘राजावादी’हरू उग्र हुन थालेको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई रोक्ने जिम्मेवारी पनि माओवादीकै रहेके बताएका छन्।
‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं’ उनले भने ‘माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा छ।’
काठमाडौंलगायत देशभरि राजावादीहरूको प्रदर्शन बढ्न थालेपछि एक महिने तराई मधेस जागरण अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका सबै नेताहरू काठमाडौं फर्किएका छन्।
काठमाडौं फर्किएपछि नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्नका लागि सोमबार पदाधिकारी बैठक बोलाएको पनि जानकारी दिए।
प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको पनि बताए।
‘हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं’ उनले भने ‘यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्।’
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया