ओम आचार्य
जेनजी आन्दोलनले गणतान्त्रिक व्यवस्था स्थापित गर्न प्रतिवद्ध भएका राजनीतिक दलहरूलाई छिन्नभिन्न पार्यो। ती दलहरूलाई निर्दलीय पञ्चायती व्यवस्थाकै अवस्थामा पुर्यायो। चाहे त्यो दल नेपाली कांग्रेस होस् या माओवादी, एमाले होस्।
खासमा जेनजी आन्दोलन भ्रष्टाचारको अत्यन्त सुशासन युवापुस्तामा नेतृत्व रुपान्तरणको लागि भएको थियो। तर अहिले रास्वपाबाट प्रधानमन्त्रीको नेतृत्व गरिरहनु भएका बालेन्द्र शाह सरकारमा आएपछि भ्रष्टाचार न्युनीकरणमा र आर्थिक पाटाहरूमा सुधार गर्न अगाडि बढेका त देखिन्छन् तर राजनीतिक रुपमा उनको नेतृत्व उनको शैली संसद प्रती र तिनै गणतान्त्रिक दलहरू प्रति अनुदार हुदै गएका छन्।
जेनजी आन्दोलनले त तत्कालिन दलका सभापति र नेताहरूको राजनीतिक छवि फेरी उक्लिन धेरै समय लाग्ने गरी पछारेको थियो। बालेन्द्र शाहको नेतृत्वमा त यो व्यवस्थानै कोल्याप्स हुने चर्चा स्वंय प्रतिपक्षका सांसदले नै भन्न थालेका छन्। यसैको उदाहरण हो महन्त ठाकुर– जसले संसदमा कालो पोसाकमा विरोध गर्दै यसै कुरालाई प्रष्ट रुपमा व्यक्त गरेका थिए।
जेनजी आन्दोलनको प्रभावले प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दलका नेताहरू विभिन्न निर्वाचन क्षेत्रहरूमा पुग्न नसक्ने अवस्थामा पुर्यायो भने पुगेकाहरूको पनि जनमोह नरहेको निर्वाचन परिणामले देखायो।
राजनीतिक दलहरू छिन्न भिन्न भएको र आपसी द्वन्द्वमै सबै दलहरू अल्झिएर कमजोर रहेको अवस्थामा अझ ती दलहरूको संसदमा पनि अत्यन्त न्युन उपस्थितिले अहिले झण्डै दुई तिहाइ सरकारको नेतृत्व गरेका वालेन्द्र शाहलाई सरकार संचालन गर्न र आफ्नो अनुकुलको राजनीतिक निर्णय गर्न स्वर्णिम अवसर प्राप्त भएको छ।
सरकारमा सम्मिलित नरहेका राजनीतिक दलहरू छिन्नभिन्न भएको अवस्थामा र संसदमा प्रतिपक्ष कमजोर हुँदा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री अधिनायकवादी तिर उन्मुख हुन सक्छन। यस्तो अनुकुल समयको सिर्जना जेनजी आन्दोलनले गर्दा वालेन्द्र सरकारले प्राप्त गर्न सके।
यस्तो विषम परिस्थितिमा अहिले कांग्रेसमा लोकतन्त्र रक्षाको लागि धेरै ठूलो जिम्मेवारी आएको छ। लोकतन्त्रमा कानुनी राज्य जति सवल र सक्षम हुन्छ लोकतन्त्र त्यति नै दरोसँग स्थापित हुन्छ।
अहिले कानुनी राज्य कमजोर र असक्त हुदै गएको कुरा कार्यवाहक प्रधानन्यायाधीश सपना मल्लले प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दरपीठ गर्न दिएको आदेश विरुद्धको निवेदन दर्ता गर्न दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गर्नु र नेपाल बार एसोसियसनले विरोध जनाउदै बारकै प्रांगणमा लालटिन बालेर कानुनी राज्य कमजोर र असक्त भएको प्रकट गरे।
अहिले मन्त्रालयहरू स्वतन्त्रपूर्वक आफ्नो निर्णय गर्न सक्छन्, तर प्रधानमन्त्रीले शक्ति केन्द्रीत गर्दै गएको अवस्थाले यो संशय उठ्न सक्छ।
भोलि स्थानीय तहको निर्वाचन पनि दलगत उम्मेदवार हुन नपाउने गरी स्वतन्त्र रुपमा हुन सक्ने सम्भावना पनि नकार्न सकिदैन। तल्लो स्थानीय निकायदेखि नै दलहरूको पहुँच कमजोर र जनसम्पर्क विहिन पार्ने रणनीति पनि अख्तियार नहोला भन्न किन सकिदैन भने सरकारको काम गर्ने शैली त्यस्तै देखिदैछ भन्नुपर्ने हुन्छ।
देशको मौजुदा राजनीतिक अवस्थामा नेपाली कांग्रेसमा यति कमजोर भएको छ कि अहिले राजनीतिक प्रणालीमा आएको र आउन सक्ने प्रतिकुल अवस्थामा को चौकीदारी गर्न पनि सक्छ? आफैं आफैंमा द्वन्द्व भुमरीमा फस्दै गएको छ। सभापति गगन थापा पार्टी एक होस् भन्ने भावना राख्छन् भने संस्थापन इतर र डा. शेखर समूह पनि कांग्रेस फुट्नु हुदैन भन्छन्।
यी तिनै समूहको अन्तिम मर्म एक छ र पनि कांग्रेस एक हुन सकेको छैन। गगन थापाले १९ जना केन्द्रीय समितिमा मनोनित त गरे तर यी दुई समूह अझै सन्तुष्ट छैनन्। पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई वरिष्ठ नेतामै स्वीकार्ने निर्णय गरे पनि यी दुवै समूह पार्टी एक भयो भन्ने अवस्थामा हुने छैन।
गगनले आफ्नो सभापति पद कायम गर्दै वर्तमान कार्यसमिति मै १४औं महाअधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएका सवैलाई मनोनित गरे पनि यी दुई समूह मान्न तयार हुने देखिदैन। गगन थापाले पार्टी एक बनाएर लाने जतिसुकै सुत्र अपनाएर हदैसम्म लचिलो भए पनि देउवा समूह र डा. शेखर कोइराला सहमति जनाउन तयार देखिदैनन्।
देउवा समूह सभापति गगन थापालाई कुनै पनि हालतमा सभापति स्वीकार्न तयार छैन। यही भावले अहिले पार्टी एक हुनसक्ने अवस्था छैन। हिजोसम्म देउवा संस्थापन समूहमा हुँदा इतर समूह मा रहेका डा. शेखर केइराला र गगन थापा संस्थापन समूहसँग माग्ने अवस्थामा थिए।
अहिले गगन थापा संस्थापनमा हुदा इतर समूह भनेर परिचित देउवा समूह र डा. शेखर समूह संस्थापन समूहसँग माग्ने समूहमा छन्। यसलाई पार्टीमा ठूलै रुपान्तरण र पुस्तान्तरण भएको मान्ने कि? यही जटिल समस्याले कांग्रेस एक हुन नसक्ने मनोवैज्ञानिक अवस्थाले काम गरेको छ। जसलाई अहंकार भने हुन्छ।
अहिले कांग्रेस सभापतिले संगठन मजबुत बनाउनेतिर लाग्दै पन्ध्रौं महाधिवेशन निर्धारित मिति मै गर्ने गरी रणनीति बनाउनु पर्छ। अर्को कुरा अन्य राजनीतिक दलहरूसँग समन्वय गरी दरो विपक्षी भुमिका निर्वाह गर्ने दाइत्व बोक्नुपर्छ। लोकतन्त्रमा रत्तिभर आँच आउन नदिने पक्षमा कांग्रेस अडिग रहनुपर्छ। समयको माग हो र समयले पनि कांग्रेसको बाटो हेरिरहेको छ त्यो हेर्ने आँखा भनेकै बीपीको आँखा हो भन्ने कांग्रेसले बुझ्नुपर्छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया