बिहिबार, २८ अगस्ट २०२५

जन्डिस रोग होइन, भ्रममा नपरौं

News Image
तस्बिरः सेतोपाटी
• • •


जन्डिसबारे नेपालीहरूमा गलत धारणा छन्। जन्डिस किन हुन्छ देखि यो कसरी निको हुन्छ भन्नेबारे तिनै गलत धारणा रहेर बिरामीले दु:ख पाउँछन्।  जन्डिस कुनै रोग होइन। पेट दुख्नु, ज्वरो आउनु भनेजस्तै जन्डिस पनि विभिन्न रोगमा देख्न सकिने लक्षणमात्रै हो।

जन्डिस भएको कसरी थाहा हुन्छ ?

जन्डिस भएको दुई तरिकाले थाहा हुन्छ।  आँखा पहेँलो भयो भने जन्डिस भएको हुन सक्छ। रगत जाँचेर पनि जन्डिस भए/नभएको पत्ता लाग्छ।

रगतमा बिलिरूबिन भन्ने तत्वको मात्रा बढी भयो भने त्यसलाई जन्डिस भनिन्छ। सामान्यत: मानव शरीरमा बिलिरूबिनको मात्रा १ भन्दा कम हुन्छ। जब यो बढ्दै जान्छ तब यसलाई जन्डिस भनिन्छ।

आँखामा पहेँलो देखिन कम्तिमा पनि दुईभन्दा माथि बिलिरूबिन हुनुपर्छ। यो तीनभन्दा माथि भयो भने राम्रोसँग देखिन्छ। बिलिरूबिन दुईभन्दा तल हुँदा पनि जन्डिस हुन्छ तर बाहिर देखिँदैन।

शनिबार, चैत्र ३०, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)