प्रचण्डको राजनीतिक चतुर्‍याइँ

स्केच: डेभिएन

२०४७ सालकाे संविधान बनेयता राष्ट्रिय राजनीतिमा अंकगणितीय खेल चलिरहेकाे छ। समयसमयमा राजनीतिक खेलमा खेलाडीहरु फेरिदै गएका छन्।कांग्रेस हाेस् या कम्युनिस्ट सबैले खेलेकाे खेलमा कुनै भिन्नता देखिएन।सबैले राजनीति नै खेले र कहलिए- राजनीतिक खेलाडी । 

नेपाली राजनीतिको याे खेलमा प्रवेश गरेयता जमेका एक चतुर खेलाडी हुन्- प्रचण्ड। शान्ति प्रकृयायता कुनै न कुनै रुपमा उनकाे चतुर्‍याइँ फाप्दै आएकाे छ। एकपछि अर्काे गरी उनी सत्ता र शक्ति आर्जन गरिरहेकै छन्।

हरेक दिनजसाे प्रचण्डकाे नयाँ नयाँ भनाइ आइरहेकै हुन्छन्।कहिले उनी 'अब नेपालमा कोही धनी र कोही गरिब रहने छैन' भन्छन्।कहिले 'देश प्रगतिकाे लयमा छ' भन्छन्।कहिले उनी निकै भावुक हुन्छन् त कहिले निकै आक्रमक।उनी आवश्यकताअनुसारको भावभंगीमा सिर्जना गर्दै पटकथा र संवादमा प्रस्तुत हुन्छन्।

त्यस्तै चैत २६ गते काठमाडौंमा आयाेजित एक कार्यक्रममा प्रचण्डले भने- 'ढिलाे या चाँडाे विप्लव पनि हाम्रै पार्टीमा आउँछन्।'

यसले अब राष्ट्रिय राजनीतिमा नयाँ बहसकाे आवश्यकता औल्याएकाे छ।हिंसात्मक राजनीतिबाट शान्ति प्रक्रियामा आएका प्रचण्ड र हिंसात्मक राजनीतिक बाटाे छाेड्न नसकेका विप्लवबीचकाे मिलनबिन्दु के हुन सक्छ?

के प्रचण्डले भनेजस्तै विप्लव ढिलाे या चाँडाे उनकाेको पार्टीमा जालान् त? याे उनकाेको चतुर्‍याइँ हाे वा दूरदर्शिता?

पहिलाे प्रश्नमा छफफल गराैं।विप्लवकाे हिंसात्मक बाटाेबाट हाललाई सत्ताप्राप्तिकाे कुनै सम्भावना देखिदैन। यसका केही अवयब छन्।बाराम्बार नेपाली जनताले कम्युनिस्ट पार्टीलाई मत दिएका छन्।सब‌ै कम्युनिस्ट नाम गरेका पार्टीको मतलाई जाेड्ने हाे भने बहुमतको सरकार कम्युनिस्टकै बन्ने देखिन्छ।

अहिले त लगभग दुई-तिहाईकाे हाराहारीमा एउटै कम्युनिस्ट पार्टीको सरकार छ।झापा विद्राेह र १० वर्षकाे गृहयुद्धबाट जनताकाे अधिकार प्रत्याभूत गराउने सिद्धान्त बाेकेकाे पार्टी नै सत्तामा छ। कम्युनिस्ट मात्र हाेइन कांग्रेससमेतकाे पृष्ठभूमि पनि उही हाे। 

त्यसैलेे सत्ता र शक्ति आर्जनकाे याे फर्मुला विप्लवले पनि कण्ठस्थ नपार्ने कुरै भएन।

यसरी आफू सत्ता र शक्तिमा हुँदा कहिले पनि जनताकाे समान पहुँच हुनेगरी चाँजोपाँजो मिलाउन नसकेको राजनीतिक पृष्ठभूमिले अर्काेलाई बिद्राेही बनाएरै सत्तामा पुर्‍याएकाे छ।उत्पादनमा स्वामित्व, शिक्षा, स्वास्थ्य, राेजगारी जस्ता आधारभूतङ आवश्यकताबारे कम्युनिस्ट सरकारले कुनै ठाेस कदम चाल्न सकेन।

परिणामत: कम्युनिस्ट ट्रेडमार्कप्रतिकाे आशा हाललाई कम भएकाे छ। तसर्थ तत्काललाई हिंसात्मक बाटाेबाट सत्ताप्राप्तिको विप्लव अभिलाषा आकाशकाे फल मात्र हुनेछ।

यही अवस्थामा प्रचण्डले भनेजस्ताे गरेर विप्लव उनकाे पार्टीमा आउने संकेत देखिदैन। तर, राजनीतिमा असम्भव भन्ने कुरा नै केही हुदैन, त्यसैले त्यस्तो नहोला पनि भन्न सकिन्न। 



प्रकाशित मिति: : 2019-04-11 05:28:53

प्रतिकृया दिनुहोस्