शुक्रबार, २२ अगस्ट २०२५

सिरी ए फुटबल: युभेन्ट्सद्वारा एसपीएएल पराजित

News Image
तस्बिरः एजेन्सी
• • •

इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले एसपीएएललाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्स जितमा क्रिस्टियानो रोनाल्डो र मिरालिम पाजनिकले समान एकएक गोल गरेका हुन् ।

निकै नै प्रतिस्पर्धात्म खेलमा युभेन्ट्सको लागि खेलकोृ पहिलो हाफ सकिन लाग्दा मिरालिम पाजनिक गोल गरेका थिए । उनलै गोल मार्फत पहिलो हाफ १–० ले अगाडी रहेको युभेन्ट्सले थप एक गोल खेलको ७८ औ मिनेटमा गर्यो । उसका लागि रोनाल्डोले गोल गरेका हुन् ।

जितसँगै युभेन्ट्स ६ खेलमा १६ अंक बनाउदै पहिलो स्थानमा उक्लिएको छ । अंक तालिकाको दोस्रो स्थानमा इन्टर मिलान रहेको छ । उसको १५ अंक छ । 

एसपीएएलको ६ खेलमा ३ अंक छ । र, एसपीएएल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।

 

 

शनिबार, आश्विन ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!