शुक्रबार, २२ अगस्ट २०२५

काठमाडौंको हावामा लठ्ठै पार्ने दसैंको सुवास

News Image
• • •

काठमाडौंको हावामा दसैंको सुगन्ध छ। त्यो सुगन्ध हाम्रो नाकले थाहा पाउने साधारण बासनाभन्दा अलि फरक छ। छालाले स्पर्श गर्छ, मनले ग्रहण। 

एकपल्ट आँखा चिम्लेर लामो सास फेर्नुस्, तपाईंको मनको अन्तरदृष्टिले त्यो बासना भेट्यो भने तपाईं काठमाडौं उपत्यकाको हुनुभयो।

यस्तै वर्णन म लेक–पहाड र तराई-मधेसमा जन्मे-हुर्केकाहरूबाट पनि सुन्छु। उनीहरूले अनुभूति गर्ने सुगन्धको विम्ब भने फरक छ। एकचोटि पहाड घुम्न जाँदा त्यतै जन्मे-हुर्केका एक मित्रले बयान गरेको सम्झन्छु, 'लेकमा फुलेको गुराँसको सुगन्धले पूरै पहाड ढाकेको छ।'

आइतबार, आश्विन १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)