ओली र देउवाको तारिफ गरेर थाकिनन् सुजाता
नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन्। मंगलबार आफैंले लेखेको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन्। ‘२०४६ र २०६२/०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला विकास भएका छन्। धेरै कुरामा परिर्वतन आएका छन्। ति कुराहरू पनि पुस्तकमा समेट्न खोजेको छु। अब प्रजातन्त्रलाई हामीले बलियो बनाएर यो देशको रक्षा गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं