सोमबार, १९ जनवरी २०२६

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन्। नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन्। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओझेलमा एनपिएलका ‘आइकोनिक’

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले ‘ट्यालेन्ट हन्ट’मार्फत कमल खत्री, फिर्दोश अन्सारी र सुजन थपलियालाई ‘आइकोनिक प्लेयर’ घोषणा गरेको थियो। यद्यपि, विराटनगरले ५ वटा खेल खेल्दासम्म पनि यीमध्ये कुनै पनि खेलाडीलाई मैदानमा उतारेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साउदीमा हुने ‘विश्वकप फुटबल’काे किन भइरहेछ विवाद!

फिफाको निर्णयसँगै साउदी अरब मध्यपूर्वमा विश्वकप फुटबल आयोजना गर्ने दोस्रो देश हुने भएको छ। यसअघि सन् २०२२ मा मध्यपूर्वको कतारले विश्वकप फुटबल आयोजना गरेको थियो। साउदी अरबले सन् २०२१ यता खेलकुदमा पाँच अर्ब युरोभन्दा धेरै लगानी गरिसकेको छ। देशको अर्थतन्त्रलाई विविधिकरण गर्न राजकुमार मोहम्मद बिन सलमानले उल्लेख्य भूमिका खेलिरहेका छन्। साउदी अरबको घरेलु फुटबल लीगमा पनि अहिले विश्वका चर्चित खेलाडीहरू आबद्ध छन्। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र नेइमार जूनिअर त्यसमध्येका केही हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धरौटी बुझाएर छुट्नासाथ अदालतबाटै पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। बिहीबार जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर छुट्नासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतकाे आदेश, फेरि पक्राउ गर्ने तयारीमा सीआईबी

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाण्डु गुर्खाज ५ विकेटले पराजित, जनकपुर बन्या प्लेअफमा पुग्ने पहिलो टोली

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले काठमाण्डु गुर्खाजलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमान्डुलाई ५ विकेटले पराजित गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविमा मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेको छु: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, ‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ। त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन। कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ। मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

अनुसन्धानका लागि पुनः म्याद थप्न उनलाई बिहीबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएकाे हो। पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो। उक्त म्याद आज सकिँदैछ। लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न आज फेरि अदालत लगिँदैछ। पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टस जितेर ब्याटिङ गर्दै विराटनगर

कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो। एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ।  दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन्: मन्त्री गुप्ता

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए।  उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ। मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो। यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न। जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ। यो पीडाबाट म आफै ‘परिसान’ छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वाचाल ओलीको विश्वसनियताको गिर्दो ग्राफ

केपी शर्मा ओलीको विश्वसनियताको ग्राफ लगातार गिर्दो छ । देशभित्र प्रायश: सबैलाई धोका दिएर आफ्नो विश्वसनियता सिध्याइसके, देश बाहिर पनि त्यस्तै चौपट अवस्था छ।भारतको लागि भ्रमणको निम्ता पाउँन लायक रहेनन्। निम्ता मागेर चीन गएका त्यता पनि खासै भरपर्दा भएनन्। अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लू काठमाडौं पुग्दा जानी जानी झापा बंक गरेर अमेरिकालाई पनि शंका गर्ने ठाउँ दिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रोहित पौडेलको उत्कृष्ट प्रदर्शनबीच प्लेअपबाट बाहिरियो लुम्बिनी, अन्य टोलीको सम्भावना कति?

काठमाडौँ गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप होडबाट बाहिरिएको छ। लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। भने, चौथो खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँसँग लुम्बिनी लायन्स पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बुधबार सम्पन्न खेलमा लुम्बिनी लायन्स पराजित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा प्रहरी र रविका समर्थकबीच धकेलाधकेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ। पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले बुधबार प्रदर्शन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ गार्खाज १०३ रनमा अल आउट

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दाेस्रो खेलमा लुम्बिनीविरुद्ध बलिङमा उत्रिएको काठमाडौँ गोर्खाज १०३ रनमा अल आउट भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेलाई पोखरा लगियाे, पत्नी निकिता पनि सँगै (भिडियाे)

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि लामिछानेलाई बुधबार वीरगञ्जबाट काठमाडाैँ हुँदै बुद्ध एयरको जहाजमार्फत पोखरा लगिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं