शनिबार, १३ सेप्टेम्बर २०२५

बर्थिङ सेन्टर : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ। प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए

वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खाेटाङ

लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालगञ्ज– कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो। अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

कर्णाली प्रदेशको फुटबल टिम बनाउन जुम्लामा छनोट प्रतियाेगिता हुँदै

जुम्ला फुटबलको लागि उर्वर भूमि हो। नियमित रुपमा खेल नहुनाले उल्लेख्य उपलब्धि हासिल हुन नसकेको खेल क्षेत्रका जानकारहरुको भनाइ छ। तर पछिल्लो समय जोखिम मोलेर पनि खेल क्षेत्रको विकास गर्ने प्रयत्न भइरहेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शहीद प्रेरणाका स्रोत हुन्: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्। शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज माघ १६ : सहिद दिवस मनाइँदै

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ। गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः तराईमा हुस्सु, यी ठाउँमा हिमपात

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरूमा हुस्सु लागेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसका लागि उम्मेद्वारी घोषणा

अमेरिकाका नेपाली मूलको पहिलो राज्य विधायक डेलिगेट डा. ह्यारी भण्डारीले आगामी नोभेम्बर ५ मा हुने कंग्रेसको चुनावमा उम्मेद्वारी घोषणा गरेका छन्। उनले आफैले प्रतिनिधित्व गरिरहेको मेरिल्याण्ड एसेम्बेलीको डिस्ट्रिक्ट ८ समेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ ओपन सिट भएपछि त्यसमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ओपन सिट भयो मेरिल्याण्ड २, उम्मेद्वारी देलान् त डा. ह्यारी भण्डारीले?

अमेरिकाका नेपालीका लागि नेपाललाई देखाउने र सुनाउने अर्को एक सुनौलो मौका आइपुगेको छ। नेपाली मुलका पहिलो विधायक डा. ह्यारी भण्डारीकै क्षेत्रको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ ओपन सिट भएको छ। २१ वर्षपछि ओपन भएको यो सिटमा डा. भण्डारीले उम्मेद्वारी दिन्छन्/दिदैनन्, हेर्नु छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिद-बिक्री सम्झौता स्वीकार गर्न सकिँदैन

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिद-बिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाेलिदेखि सरकारी कार्यालय बेलुका पाँच बजेसम्म खुल्ने

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६ महिनाकाे अवधिमा साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आ.व.को सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं