शुक्रबार, १२ सेप्टेम्बर २०२५

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढी निवेदन

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउँछन्। कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढाेरपाटन

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ। गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। साथै तराई भूभागमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने रास्वपा सचिवालयले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

नहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

दक्षिण कोरियाको आयात मूल्य घट्दो क्रममा

दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको  केन्द्रीय बैंकको तथ्याङ्कले उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

‘मोरल पुलिसिङ’ले नित्याएकाे बलात्कार

२८ वर्षीया ती महिलाले सात जना मुस्लिम पुरुषले हङ्गल सहरको एक होटलबाट अपहरण गरेर आफूमाथि दुर्व्यहार गरेकाे बताएकी छिन्। उनका अनुसार हाेटल नजिकैकाे सुनसान ठाउँमा उनी २४ घण्टासम्म बलात्कृत भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु १० अनुदान दिएको छ। नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

राजनीतिज्ञ र कर्मचारीको स्वार्थले अड्कियो सह–सचिवको सरुवा 

राजनीतिक खिचातानी र कर्मचारीको स्वार्थले गर्दा २७ जना सहसचिवको सरुवा गर्न सरकारले ढिलाइ गर्दै आइरहेको छ। पुसको तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ जना सहसचिवको सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव पठाएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने

अब कुनै पनि प्रमाणपत्र लिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा धाउनु नपर्ने भएको छ। त्रिविले यही माघ १५ गतेदेखि अनलाइन सेवा उपलब्ध गराउने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन दुई जनामा कोरोना देखियो

चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ।  भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र सोमबार गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

हिउँले टलक्क टल्कने हिमाल कालापत्थरमा परिणत हुँदै

गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेको उहाँको चिन्ता छ। मगरले भने, ‘हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन्। यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे।’

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

‘रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,’ उनले भने, ‘रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो। पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन्। सबैको हातमा प्रविधिको पहुच पुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुन्दर ठाउँ चिनिएका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

५४ अङ्कले बढ्याे नेप्से, कारोबार रकम आठ अर्ब माथि

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नसर्ने रोगको उपचार सेवालाई विस्तार गर्दै सरकार

नसर्ने रोगको उपचारमा एकरुपता, समयमै गुणस्तरीय निदान, रोकथाम तथा नियन्त्रणका लागि परामर्श, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीच समन्वय तथा स्वास्थ्य सेवामा समतामूलक पहुँच र कार्यदक्षता बढाउने रणनीतिको उद्देश्य रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो। रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - तम्घास

सवारी दुर्घटनाबारे सरकारलाई रास्वपाकाे प्रश्न- चालकलाई दोष दिएर उम्किने कहिलेसम्म?

‘ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्छ। तर, त्यसका प्रतिवेदन कार्यान्वयनमा ल्याइँदैन। चालक या यान्त्रिक गडबडीलाई दोष दिएर नियामक निकाय उम्किने गलत प्रवृत्तिको निरन्तरता कहिलेसम्म कायम रहन्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन