शुक्रबार, १२ सेप्टेम्बर २०२५

रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी

सफलले भनेका छन्, ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हराउँदैछन् मनाङका ताल

उनी भन्छन्, ‘अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने लागेको थियो। अहिले यो ताल पनि मैदानझैँ बनिसकेको छ।’ उहाँका अनुसार अरू पनि यहाँका सानातिना तालहरु सुक्दै वा हराउँदै गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

प्रधानमन्त्री प्रचण्ड भोलि युगाण्डा प्रस्थान गर्दै

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा भरेर बेचविखन, ९ जना पक्राउ

काठमाडौँको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयले भन्याे- मेलम्चीको पानी शुद्ध छ, गुणस्तरमा शङ्का नगर्नुस्

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- भिजिट भिसा विदेश जानेलाई सास्ती दिने गरेको सुनेकाे छु, त्यस्ता कार्य तत्काल बन्द गर्नुहोला

प्रधानमन्त्री प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु/गराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिनाथअघि ‘धराप’ (फाेटाे/भिडियाे)

सबैको रोजाइमा रहेको प्रसिद्ध मन्दिर पशुपतिनाथको दर्शन गर्न पुग्ने बाटो भने धरापमय छ। पशुपतिको दक्षिणतिरको बाटोमा अहिले ढल निर्माणको काम भइरहेको छ। ढल निर्माणको काम भइरहँदा बाटोमा खाडलहरु बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरले ६ महिनामा असुल गर्‍यो करिब पाँच अर्ब राजस्व

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी परिचालन

‘अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत

‘बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको अवस्था थियो’, उनले भने, ‘सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौँ। सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

प्रधानमन्त्रीको निर्देशन- प्रदेशलाई काम गर्न अप्ठ्यारो पर्‍याे, प्रहरी समायोजन १५ दिनभित्र टुङ्गाउनुस्

‘सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ। यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्’, प्रधानमन्त्री दाहालले भने, ‘यसलाई नै बहाना बनाएर सङ्घीयता विरोधीले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनजुरे हिउँले सेताम्ये, होटल व्यवसायीलाई भ्याइनभ्याइ

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन्। गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

टाइगर कप भलिबल: महिलातर्फ एपिएफसँग पराजित हुँदै बाहिरियो गण्डकी

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेस्राे दिनको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ३–० काे सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

हजार गीत गाइसकेकी मनु

मनु नेपाली र लिम्बू दुबै भाषाका गीत गाउँछिन्। बढी परिचित भने लिम्बू भाषाकै गायनमा छिन्। लिम्बू समुदायविशेष कार्यक्रम होस् वा कुनै समारोह, मनुका गीत बिरलै छुट्छन्। उनलाई दर्शकले 'स्वर किन्नरी' को उपाधि समेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - संगीता गिरी

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रहरीको गलत अनुसन्धानको शिकार भएका थिए सानु कान्छा, अब कसरी बढ्ला अनुसन्धान ?

ठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - कृष्ण सिंह लोथ्याल

धुलिखेलमा ‘ई-पेमेन्ट’ सेवा

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडल धुलिखेल नगरबाट सुरु गरेको थियो। नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो। केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

आभाष गौतम क्यालिफोर्निया ५ को विधायकमा रिपब्लिकन उम्मेद्वार आकांक्षी

अमेरिकी चुनाव २०२४ मा अर्का एक नेपाली पनि उम्मेद्वार-आकांक्षी  देखिएका छन्। गुल्मी भुजुङमा जन्मेका २३ वर्षीय आभाष गौतम क्यालिफोर्निया डिस्ट्रिक्ट ५ को विधायकका लागि रिपब्लिकन पार्टीको उम्मेद्वार जित्न चुनावी मैदानमा उत्रिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

राष्ट्रपति रनिङ शिल्डले बढायो ‘खेलकुद क्रेज’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - इलाम