शुक्रबार, १२ सेप्टेम्बर २०२५

राजाको अपमान गरेपछि थाई नागरिकलाई ५० वर्षको जेल सजाय

एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानुनी अधिकार समूहले बताएको छ। मुलुकको कडा शाही अपमान कानुनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो। 

बिएल संवाददाता

बिएल संवाददाता - बैङ्कक

राप्रपाले बृहत् आन्दोलन गर्दै: सदस्य सचिव तोकिए ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही राप्रपा गर्ने आन्दोलनको सदस्य सचिव नियुक्त भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

साहित्य समाज प्युठानमा सात जना आजीवन सदस्य थपिए

साहित्य परिषद प्युठानमा थप सात जना आजीवन सदस्य थप भएका छन्। नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले सात जनाको आजीवन सदस्यको शुल्क तिरिदिएपछि आजीवन सदस्य थप भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

जसले ३२ वर्षअघि श्रीमानकहाँ पुर्‍याउने भन्दै महिलालाई भारतमा बेचेका थिए 

प्रहरीले तामाङलाई फरार सूचीमा राखेर खोजेको भएपनि पक्राउ गर्न सकेको थिएन। ३२ वर्षपछि बुधबार मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले तामाङलाई ललितपुरबाट पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्रीको एक वर्ष: नीतिगत सुधार र सुशासन प्रवर्द्धन प्राथमिकता

नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल कार्यदिशासहित सरकार संविधान कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासन, भ्रष्टाचार नियन्त्रणलगायतका क्षेत्रमा सरकार अघि बढिरहेको पनि स्पष्ट गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

नेपाल कृषि प्रधान देश हो। यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ। स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डुम्रे (तनहुँ)

वनकाे अनुगमनबाट फर्किदै गर्दा सचिव सवार गाडीमा ढुंगा प्रहार, तीन जना प्रहरीकाे नियन्त्रणमा

ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई बुधबार नै पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कैलाली गाउँपालिका–४ का शनि चौधरी, रावल चौधरी र क्षितिज चौधरी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप क्रिकेट: मधेस प्रदेशसँग एपिएफ स्तब्ध

प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजामा इजरायली आक्रमणमा दर्जनौँको मृत्यु

इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा पट्टी

पातारासीका सामुदायिक वनमा बेथिति मौलाउँदै

वन संरक्षण, प्रवर्द्धन गाउँको आयस्तर वृद्दि, चोरी निकासी नियन्त्रण, वृक्षारोपणलगायतका उदेश्यले सरकारले वनलाई समुदायमा हस्तान्तरण गरेको थियो। आजभन्दा ६०० वर्ष अगाडि सिंजामा निर्माण भएको जचौरी कुलाको अभ्यासलाई आधार मानी नेपाल सरकारले सामुदायिक वनको अवधारणा अगाडि ल्याएको थियो। जुन देशभर अनुकरणीय बन्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

दुर्गा प्रसाईंमाथि हातपात

बिहीबार दिउँसो बागलुङकाे एक कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ लोकतान्त्रिक चोकमा हातपात भएको हो। उनीमाथि हातपात गरेकाे आरोपमा साेही स्थानका ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि ऐन ल्याउने तयारीमा छौँ: मन्त्री भुसाल

मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउँदै मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीमाथि आर्मीको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छिमेकी देशमा आक्रमण गर्दैछ इरान, पाकिस्तानले पनि गर्‍यो ‘जवाफी आक्रमण’

इरानले पाकिस्तानमा लुकिबसेको ‘इरानी आतंकवादी समूह’को आश्रयस्थलमा आक्रमण गरेको भनेको छ। त्यही जवाफ इरानलाई फर्काउँदै पाकिस्तानले पनि इरानमा लुकेर बसेको ‘पाकिस्तानी आतंकवादी’माथि हमला गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन सकिन्छ: गृहमन्त्री श्रेष्ठ

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भने। उनले भने, ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छोरीको बलात्कार लुकाउन छोराको हत्या, बुबा टिकापुर पक्राउ (भिडियाेसहित)

आफ्ना बुबाबाट आफ्नी बहिनी बलात्कृत भएको सहन नसकी किशोरीका दाइ भरत बुढले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेसम्बन्धी विधेयकको मस्यौदा अन्तिम चरणमा छ’

सामाजिक सञ्जालसम्बन्धी नीति नै नभएको अवस्थामा मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ। निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न हुने र नहुने कामका बारेमा जानकारी दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

ज्यान मार्ने धम्की दिँदै १५ लाख फिरौती माग, तीन जना पक्राउ

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पुर्खाकै पालामा गुमेको हाम्रो जमिन फिर्ता आउने आशा छ: सांसद चौधरी

उनलाई पुर्खाकै पालामा गुमेको जमिन फिर्ता आउने आशा भने छ। ‘जमिनदारले कागजपत्र खोसेर लगे, हामीसँग अहिले कागज नभए पनि  त्यही घरमा बस्छौँ’, सांसद चौधरीले थपिन्, ‘आफ्नो जमिन पनि कहिले आफ्नै हुन्छ, थाहा छैन, कुनै दिन त होला नि।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं