बिहिबार, १५ जनवरी २०२६

फेरि घट्यो सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा १६ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार  सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ)

मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ। जसमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्याे डलर र युरो सटही दर

आज शुक्रबारका लागि अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डिजिटल भुक्तानीमा नेपालको फड्को: क्यूआर कोडप्रति बढ्दो आकर्षण

अषाढमा पनि मोबाइल बैंकिङ अग्रपंक्तिमा रहेको छ। मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४५ लाख ६६ हजार ९०१ पुगेको छ भने यस माध्यमबाट गरिएका कारोबारको कुल संख्या ४५ करोड ६९ लाख नाघेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किसानले पाउने उखुको समर्थन मूल्य भोलिसम्ममा सार्वजनिक हुने

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा भएको छलफलमा उनले उखुको विषयलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरिसकेको भन्दै भोलीसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२७४८ अङ्कमा झर्‍याे नेप्से

अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ। अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धितोपत्र बोर्डका अध्यक्षले गरे सपथ ग्रहण

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार साँझ अर्थमन्त्री विष्णु पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक सुरक्षा कोषमा १९ हजार बढी रोजगारदाता सूचीकृत, ६८ अर्ब ६८ करोड योगदान रकम

कोष सञ्चालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिनी प्रदेशका एक हजार ६३१, कर्णाली प्रदेशका २६५ र सुदूरपश्चिमका २९१ रोजगारदाता सुचीकृत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाइँदै

मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोही अनुसार योजनाहरुको प्राथमिकीकरण गरिने बताए। परियोजना बैंकले पारदर्शी प्रणाली स्थापना गर्ने विश्वास मुख्यमन्त्री आचार्यको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

फेरि घट्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलामा २६ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो अमेरिकन र अष्ट्रेलियन डलरको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, आज अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्य एकैदिन झण्डै १६ हजार रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो। अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनचाँदीको मूल्य, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्रको अवस्था अझै सन्तोषजनक छैन: प्रकाशशरण महत

शुक्रबार संघीय संसद भवनभित्र भएको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरु’ विषयक छलफल कार्यक्रममा उनले अर्थतन्त्रको अवस्थामा सुधार भएपनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै अर्थतन्त्रलाई थप गति दिन आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब १७ प्रतशितले राजस्व वृद्धि,कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ। यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं