बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो।
साफ महिला फुटबल च्याम्पियनसिप आगामी विहिबारदेखि काठमाडौँमा हुँदैछ। यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदैछन्। नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ। भने, समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।
प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदैछ। नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दैछ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उप-विजेता बनेको छ। अहिलेसम्म भारतले प्रतियोगिताको पाँचपटक उपाधि जितेको छ। भने, एकपटक बंगलादेशले उपाधि जितेको छ।
एन्फाले घोषणा गरेको टिम:
गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ।
डिफेन्डर:
गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर।
मिडफिल्डर:
रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी।
फरवार्ड:
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया