बिएल संवाददाता
युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ। हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो।
अन्त्यतिर हंगेरीले विवादस्पद पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो। इन्ज्योरी समयमा बार्नाबास भार्गासको प्रहार जर्मन डिफेन्डर रोबिन कोचको हातमा लागेको भन्दै भारबाट पेनाल्टी दिइएको थियो।
त्यसलाई हंगेरीका कप्तान डोमिनिक सोबोस्लाईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए। पहिलो हाफ बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।
बराबरीको नतिजाले जर्मनी लिग ए को ग्रुप ३ मा शीर्षस्थानमै रहन सफल भयो। यसअघि जर्मनीले बोस्नियाविरुद्ध ७–० को शानदार जित हात पार्दै समूह ए ३ को शीर्ष स्थान कब्जा गरेको थियो। हंगेरीविरुद्धको खेलमा जर्मनीको मुख्य टिमलाई विश्राम दिँदै ९ नयाँ खेलाडीलाई सुरुवातमै मौका दिइएको थियो।
यही समूहमा रहेका बोस्निया हर्ज गोभिना र नेदरल्याण्ड्सले पनि एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँग नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। हंगेरी रेलिगेशन प्ले अफमा पुगेको छ भने बोस्निया भने रेलिगेशनमा परेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया