बिएल संवाददाता
बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।
बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१को अग्रता लिएको थियो। भने, दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो।
बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन्। भने, अफइदा खानडाकरले एक गोल गरेकी थिइन्। त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन्।
यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ। र, समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। योसँगै समूह ए मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ।
त्यस्तै समूह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने बिहीबार लाग्ने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया