बिएल संवाददाता
नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग ९–२ को पराजय बेहोरेको छ। बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो।
नेपालले खेलको १२औँ मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो। सुबास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल गरे। तर, जापानले छिट्टै पुनरागमन गर्दै १७औं मिनेटमा दाइची तानीको गोलबाट खेल बराबरीमा ल्यायो। तानीले ३८औं र ४३औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे।
जापानका लागि हिरोता असादाले पनि १९औं मिनेटमा गोल गर्दै अग्रता बढाए र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्दै जापानलाई ५–१ को अग्रता दिलाए। दोस्रो हाफमा जापानले आफ्नो दबाब झनै बढायो, जहाँ तानीले ६१औं मिनेटमा चौथो गोल गरे र असादाले ६४औं मिनेटमा ह्याट्रिक पूरा गरे।
७३औं मिनेटमा मिबुकी कासाइले अर्को गोल थपे भने कैजी चोनानले ७७औं मिनेटमा गोल गर्दै जापानको गोलसंख्या ९ पुर्याए। नेपालका तर्फबाट बिग्यान खड्काले ८८औं मिनेटमा अर्को गोल गरे तर त्यो मात्र सान्त्वना गोलमा सीमित रह्यो।
यो जितसँगै जापानले समूह ‘एफ’मा आफ्नो तीन अंक सुनिश्चित गरेको छ। नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार कतारसँग प्रतिस्पर्धा गर्नेछ भने जापानले मंगोलियासँग खेल्नेछ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया