बिएल संवाददाता
अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन्। उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए, जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।
मार्क जुकरबर्ग भन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलब्बर पनि जामनगर पुगिसकेका छन्। इमार प्रोपर्टीज, त्यही हो, जसले बुर्ज खलिफा बनाएको थियो। हाल इमार विश्वका ८० देशमा काम गरिरहेको छ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भएका छन्। अहिलेसम्म शाहरुख खान, सलमान खान, रणवीर कपुर, आलिया भट्ट, अर्जुन कपुर र जान्हवी कपुर समारोहमा सहभागी हुन जामनगर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया