लोकान्तर
रूपन्देहीको बुटवलका उद्यमी राजेन्द्रसिंह गुरूङ आफ्ना तीन छोरी सृष्टि, सोनाली र शिल्पीलाई सानैदेखि देशमै बसेर उद्यम गर्नुपर्छ भन्ने सपना देख्न सिकाउँथे । बुवाको रवाफबाट आकर्षित र आमाको प्रेरणाले उनीहरूको जीवनलाई सधैँ निर्देशित गर्यो । बुवाआमाको प्रेरणा र हौसलालाई मनन् गर्दै अघि बढेका दिदीबहिनीले अध्ययन सकेर देशमै उत्पादनमूलक उद्योग खोल्ने अवधारणा निर्माण गरेँ । राजेन्द्रले आफूले बुटवलमा सञ्चालन गर्दै आइरहेको ‘इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिज’ तीन छोरीलाई हेर्ने जिम्मा लगाए । बुवाको उद्योग हेर्दै उनीहरूले विभिन्न क्षेत्रको गहिरो अध्ययन गरे । यसबाट नयाँ सोच निस्कियो । यही सोचबाट तीन दिदीबहिनीले विसं २०७७ देखि भवन निर्माणमा नयाँ प्रविधि भित्राउँदै रूपन्देहीको कञ्चन गाउँपालिका–१ लौसामा एलजीपीएस प्रविधिमा आधारित उद्योग खोले । जसको नाम ‘आईटी स्टील स्ट्रक्चर सोल्युसन्स प्रालि’ राखियो । दिदीबहिनीले अहिले उद्योगको आफ्नै आवासीय बिल्डिङ पनि (भवन) बनाएका छन् ।
आईटी स्टील एलजीपीएस प्रविधिमा आधारित नेपालकै पहिलो उद्योग भएको बताइएको छ । यो उद्योगले अहिले शहरी क्षेत्रमा निर्माण भइरहेका कंक्रिटका घरको विकल्पमा स्टील बनोटमा आधारित आवास संरचना निर्माणको विकल्प दिलाएको छ । ‘थ्री सिस्टर’को नामले चिनिने सृष्टि, सोनाली र शिल्पाको उद्योगले ‘मेनिफ्याक्चिरिङ इन्डष्ट्रिज’को क्षेत्रमा अहिले जोखिमपूर्ण कंक्रिटको साटो स्टीलमा व्यावसायिक आवास निर्माणको क्षेत्रमा सुनौलो सम्भावना देखाएका छन् ।
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया