मङ्गलबार, १३ जनवरी २०२६

कहाँ छन् विपिन र सिद्धार्थ?

सेतोपाटी

सेतोपाटी

काठमाडौं
News Image
• • •

इसराइल-प्यालेस्टाइन र रूस-युक्रेनको युद्धले बिथोलिनेहरू धेरै छन् र त्यसको बाछिटा नेपालसम्मै छ।

त्यही बाछिटाले नेपालका दुई परिवारलाई आशा र निराशाकाबीचमा बेचैन तुल्याएको छ। छोराहरू फर्किएर आउने आशमा आँखा बिछ्याएर बसेका विपिन जोशी र सिद्धार्थ ढकालको परिवारले उनीहरूको अवस्थासमेत थाहा पाउन सकेका छैनन्।

तर धेरैतिरबाट उनीहरूको चासो र खोजी हुनै छोडेको छ, खबर ओझेलमा परिरहेको छ। विपिन इसराइलमा बेपत्ता छन् भने सिद्धार्थ युक्रेनमा। 

हामीले उनीहरूको खोजबिनबारे राज्यसँग चासो राखेका छौं।

सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!