बिएल संवाददाता
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् ।
लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरिएको थियो ।
यस प्रकरणमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको पनि सहभागिता देखिने आधार लोकान्तर डट्कमले फेला पारेको छ ।
विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ ।
पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।
यसबारे अर्थमन्त्री पुनको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
२०७९ मंसिरपछि अहिलेसम्म भएको १ सय ३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए । उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।
१० वर्ष चलेको माओवादी जनयुद्धका कमान्डर समेत रहेका नन्दकिशोरका परिवारका अधिकांश सदस्य र उनको सचिवालयमा काम गर्ने कतिपय सदस्य सुन तस्करीमा मुछिएका छन् ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया