अनलाइनखबर
दाङ घोराहीका हेमन्त (परिवर्तित नाम) ०८० वैशाखमा अमेरिका पुग्न अवैध बाटो पछ्याए । एजेन्टलाई करिब ५० लाख रुपैयाँ बुझाएर भारतको दिल्ली–अजरबैजान–टर्की–पेरु–कोलम्बिया–पानामा–ग्वाटेमाला–मेक्सिको हुँदै ०८० वैशाखमा अमेरिका छिरे । ६ महिना लगाएर अमेरिका पुगेका उनले शरणार्थीका लागि निवदेन दिए । तर अमेरिकाले उनको मुद्दा अस्वीकार गर्यो र ०८० असोज ८ गते नेपाल फर्काइदियो । त्यसरी डिपोर्ट भएर फर्कनेमा उनीसँगै अरु ५ जना नेपाली पनि थिए ।
मानव तस्करलाई मोटो रकम बुझाएर सल्यानका हिमाल (परिवर्तित नाम) पनि अवैध बाटोबाट अमेरिका पुगे । एजेन्टले अमेरिका पठाइदिने भनेर उनलाई दुबई–टर्की–स्पेन–कोलम्बिया–पेरु–पानामा हुँदै मेक्सिको पुर्यायो । यसरी झण्डै ६ महिनाको यात्रामा प्रहरीको आँखा छल्दै उनी अन्ततः ०८० असोजमा अमेरिका पुग्न सफल भए । यसबीच उनले झण्डै ६५ लाख खर्चिसकेका थिए ।
अमेरिकी अध्यागमन प्रहरीले उनलाई सीमाबाट पक्राउ गरी डिटेन्सन (हिरासत)मा राखेको थियो । उनले आफू शरणार्थीका रुपमा बस्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । तर अमेरिकाको अदालतले उनलाई शरणार्थीको मान्यता दिन अस्वीकार गर्दै डिपोर्ट गर्न (स्वदेश फर्काउन) आदेश दियो । ०८० चैत २५ मा उनलाई अमेरिकाले नेपाल फर्काइदियो । मोटो रकम खर्चिएर महिनौंको जोखिमपूर्ण यात्रा गरेका उनको अमेरिका सपना अधुरै रह्यो ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया