उकेरा
भारतको मोतिहारीको दुर्गम गाउँमा पहिलो पटक जब मोटर गाडी गुड्यो, सबैले खुब रमाइलो मानेर हेरे। बालक इमरान अहम्मदमा भने गाडीले छोडेर गएको धुँवाको अलग्गै नसा बस्यो।
गाडी हुइँकिने बित्तिकै उनी टायरले छाडेको डाममा त्यसलाई नजिकै गएर सुँघ्न पुगे। त्यसबेला उनको दिमागमा एउटै मात्र कुरा खेल्यो, ‘ठूलो भएपछि म यस्तै गाडी बनाउने ठाउँमा काम गर्छु।’
त्यसबेला उनी कति वर्षका थिए आफैंलाई थाहा छैन। तर, अहिले सोच्दा आफूले बाल्यकालमा देखेको सपना पूरा भयो भनेर गजक्क पर्छन्। कारण, उनी काठमाडौंमा लामो समयदेखि आफ्नै ग्यारेज चलाएर हजारौं गाडी मर्मत गरिरहेका छन्।
‘मलाई त्यो धुँवाको खुस्बु (गन्ध) नजिकै गएर सुघौँ-सुघौँ लाग्यो अनि कुदेर भुइँमै नाक टाँसेर सुँघे,’ उनले हाँस्दै भने, ‘मलाई त्यो खुस्बु यति मन पर्यो कि! त्यही बेला सोचेँ म पनि यही बनाउने ठाउँमा काम गर्छु। म पनि यस्तो गाडी बनाउने काम गर्छु। त्यसबेला म धेरै सानो थिएँ। उमेर याद थिएन तर सपना यही थियो। जुन अहिले म खुसी साथ बाँचिरहेको छु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया