अन्नपूर्ण पोष्ट
५० वर्षीया रीतादेवी यादवको हत्या बुधबार साँझ उनका देबर ४५ वर्षीय जतन यादवले नै गरे। महोत्तरीको औरही नगरपालिका–४ कविलासीकी रीतालाई जतनले कोदालो प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। घरायसी विवादले उग्ररूप लिएपछि जतनले आफ्नै भाउजूलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षकक सन्तुलाल जयसवालले जनाएका छन्।
सोमबार बाराको कलैया उपमहानगर–६ बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या भयो। उनलाई चार जनाको समूहमा आएका हतियारधारीहरूले चार राउन्ड गोली प्रहार गरेका थिए। गम्भीर घाइते स्वर्णकारको उपचारको क्रममा मृत्यु भयो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही विद्यालयमा पढाउने पूर्वशिक्षिका सहित ६ जनालाई पक्राउ गरेको छ। आपसी सम्बन्ध र रिसिबीको कारण उनको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया