मङ्गलबार, १३ जनवरी २०२६

जीवनको नयाँ मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

डा. डिजन भट्टराई
News Image
• • •

‘गतिशीलतामा मात्रै सन्तुलन हुन्छ र सन्तुलनले गतिशील बनाउँछ। म पोखरी भएर जमिरहन सक्दिनँ, त्यसैले त नदी भएर हिमालदेखि समुद्रसम्म पुग्ने अभिलाषामा दौडिरहेको छु’, सिगरेटको लामो सर्काे तान्दै उहाँले जवाफ दिनुभयो।

मैले ‘काका’ भनेर सम्बोधन गर्थें उहाँलाई, तर खासमा उहाँ मेरो क्लासमेट हुनुहुन्थ्यो। कालो ओभरकोट घुँडाभन्दा तल झरेको थियो। टिलिक्क टल्केको तालुका पछाडि गन्न नसकिने गरी सेता कपालहरू घुम्रिएर बसेका थिए। हातको सिगरेट मतर्फ अघि सार्दै भन्नुभयो, ‘यो लेऊ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!