अनलाइनखबर
संविधानसभा निर्वाचन २०६४ को मत परिणाम अनुसार नेकपा माओवादी कुल २२० सिट सहित सबैभन्दा ठूलो दलको रूपमा स्थापित भयो। कुल ६०१ सदस्यीय संविधानसभामा २४० प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ५० प्रतिशत अर्थात् माओवादीले १२० सिट जित्यो। समानुपातिकतर्फ भने १०० सिट हात पार्यो।
उक्त निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा ३७ सिट र नेकपा एमालेले ३३ सिट मात्रै जिते। त्यस्तै समानुपातिकमा भने कांग्रेसले ७३ र एमालेले ७० सिट हात पारे। संविधानसभा निर्वाचन सम्पन्न गराउने जिम्मा लिएको कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला क्याबिनेटका तत्कालीन गृहमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला, नेता सुशील कोइराला लगायत केही ठूला नेता चुनावमा पराजित भए। एमालेका तत्कालीन महासचिव माधव नेपाल काठमाडौं र रौतहट दुवै क्षेत्रबाट तथा वर्तमान अध्यक्ष केपी शर्मा ओली झापाबाट पराजित भए। वामदेव गौतम सहित एमालेका अन्य प्रभावशाली नेताहरू अनपेक्षित ढंगबाट पराजित बन्न पुगे।
माओवादीका उम्मेदवार विजयी भएका अधिकांश निर्वाचन क्षेत्रमा चुनाव निष्पक्ष नभएको र धाँधली गरी जितेको आरोप सहित पुनः चुनाव गराउन माग राख्दै उजुरीहरू परे। माओवादी सशस्त्र विद्रोहबाट सृजित हत्या, हिंसाको राजनीतिबाट मुलुकलाई मुक्त गराउने शर्तमा प्रधानमन्त्री कोइरालाले ती उजुरीहरूमाथि नजरअन्दाज मात्रै गरेनन्, बरु आफ्नो पार्टीको अनपेक्षित पराजयमाथि समीक्षा गर्दै, कांग्रेसको मुख्य प्रतिद्वन्द्वी फेरि पनि एमाले नै रहेको निष्कर्ष निकाले। कांग्रेसको त्यो निष्कर्ष धेरै विधि वेत्ता, राजनीतिक विद्वानहरूको नजरमा अविश्वसनीय थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया