बिएल संवाददाता
विना योजना तथा लक्ष्य काम गर्दा नाफा भन्दा बढी घाटा आइलाग्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हो ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ र भैरहवा स्थिति ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ । यी दुई विमानस्थलबाट बिजनेस लिनेभन्दा बढी कसरी उडान नियमित गराउने भन्ने ठुलो चिन्तामा यतिबेला सरकार छ ।
जनवरी १, २०२३ देखि औपचारिक रुपमै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन अर्थात् करिब २६ अर्ब रुपैयाँ बराबरको चिनियाँ ऋण लगानी छ ।
सम्झौता अनुसार वर्षमा दुई पटक (६-६ महिनामा) गरी सरकारले १ अर्ब ९४ करोड ५० लाख ८४ हजार रुपैयाँ किस्ता भुक्तानी गर्नुपर्छ । यो भनेको प्रतिमहिना १६ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको खर्च हो । तर, विमानस्थल निर्माण सम्पन्न भएको करिब १९ महिना बित्दा पनि नियमित एउटै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया