अनलाइनखबर
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई आगामी वर्षबाट घर दिने योजना अगाडि सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि बजेटबाट नै अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गर्दैछ ।
‘हाम्रो पालिका मकवानपुरकै विकट गाउँपालिका हो, यहाँका मानिसहरू घरबारी छोडेर शहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले पनि बसाइँ सरी आउनेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बसाइँसराइ गरेर आउनेलाई दुहुनो गाई उपहार दिने गत आर्थिक वर्षबाट नै सुरु भएको हो । पालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा बसाइँ सरेर आउने परिवारलाई ३० हजार रुपैयाँ बराबरको दुहुनो गाई उपहार दिने घोषणा गरेको थियो । बसाइँसराइ रोक्न, युवालाई स्वरोजगार बनाउन अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको पालिकाको दाबी छ ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया