लोकान्तर
सरकारले साना तथा मझौला कम्पनीलाई पुँजीबजारमा ल्याउन सहज हुनेगरी कानूनी व्यवस्था गर्ने भएको छ। सरकारले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली ल्याउन लागेको हो।
अर्थ मन्त्रालयले नियमावलीको मस्यौदा स्वीकृतगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। यसअघि कम चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरूले पनि धितो पत्र निष्कासन गर्न पाउनेगरी धितो पत्र बोर्डले नियमावलीको मस्यौदा तयार गरेको थियो। बोर्डले २०८० चैत १६ गते सार्वजनिक गरेको मस्यौदा जेठ ६ गते अर्थ मन्त्रालयमा पठाएको थियो भने अर्थ मन्त्रालयले मस्यौदालाई मन्त्रिपरिषद्मा पठाएको हो।
प्रस्तावित नियमावलीमा साना तथा मझौला सङ्गठित संस्थाहरूका लागि धितो पत्रको कारोबार गर्न सक्नेगरी छुट्टै ‘स्माल मिडियम इन्टरप्राइजेज’(एसएमई) ल्पाटफर्म बनाउने व्यवस्था प्रस्ताव गरिएको छ।
मस्यौदा स्वीकृति भएपछि पुँजी बजारमा आउन नसकेका साना तथा मझौला संस्थाहरूका लागि नयाँ बाटो खुल्ने छ। यसले साना तथा कम चुक्ता पुजी भएकाहरूले पनि पुँजी बढाउन सेयर निष्कासन गर्न पाउनेछन्। अर्थात् स–साना कम्पनीले पनि आइपीओमार्फत् सर्वसाधारणसँग रहेको पुँजी परिचालित गर्न पाउनेछन्।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया