शिलापत्र
यही २३ कात्तिकमा अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुडको नेतृत्वमा ६ सदस्यीय सैन्य टोली नेपाल आइपुगेको छ । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको यो उच्चस्तरीय टोली विशेष विमानबाट नेपाल आएको हो ।
टोलीमा ४ जना सैन्य अधिकारी र २ जना क्रु सदस्य छन् । उक्त अमेरिकन टोलीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहितका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य तालिमलगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।
यसैबीच, आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन् । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका बताएसँगै यसको चर्चा सुरु भएको छ ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया