शिलापत्र
यही २३ कात्तिकमा अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुडको नेतृत्वमा ६ सदस्यीय सैन्य टोली नेपाल आइपुगेको छ । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको यो उच्चस्तरीय टोली विशेष विमानबाट नेपाल आएको हो ।
टोलीमा ४ जना सैन्य अधिकारी र २ जना क्रु सदस्य छन् । उक्त अमेरिकन टोलीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहितका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य तालिमलगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।
यसैबीच, आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन् । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका बताएसँगै यसको चर्चा सुरु भएको छ ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया