नयाँ पत्रिका दैनिक
- रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर ठगीमा प्रत्यक्ष संलग्नता देखिएका धनराजसँग सामान्य सोधपुछ मात्रै
- राजनीतिक पहुँच र शक्तिका आडमा मितेरीमा भने संगठित अपराधलाई अलग्याएर ठगी अभियोगमा मात्रै अनुसन्धान
कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो ।
तर, सहकारीको रकम अपचलनमा मुछिएका कांग्रेस उपसभापति गुरुङविरुद्ध भने प्रहरीले पक्राउ पुर्जीसम्म जारी गरेको छैन । सामान्य बयान मात्रै लिएको छ । उनले ‘कागजी डिभोर्स’ गरेकी ज्योति गुरुङसहित पाँच आरोपी भने फरार छन् । क्रिप्टो यस्तो ‘भर्चुअल’ मुद्रा हो, जसको खरिद–बिक्रीमा भौतिक पैसा लगानी गरिएको हुन्छ । युरोप, अमेरिकालगायत देशमा वैध रहेको क्रिप्टो कारोबारलाई नेपालको कानुनले भने वर्जित गरेको छ ।
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया