नयाँ पत्रिका दैनिक
नेपालमा एकल महिलाको संख्या तीव्र रूपमा बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ । यो तथ्यांक ०७८ को जनगणनामा आधारित हो ।
तथ्यांकअनुसार नेपालका कुल ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला छन् । तथ्यांक कार्यालयका अनुसार एकल महिला भन्नाले विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दामाथिका अविवाहित महिलालाई मानिएको छ । ०७८ मा कार्यालयले जनगणनाका क्रममा गरेको अध्ययन तथा तथ्यांकअनुसार नेपालका सात लाख ९९ हजार ७४४ परिवारमा कम्तीमा एक विधवा महिला छन् । त्यस्तै, कुल परिवारमध्ये १४ प्रतिशत परिवारमा एकल महिला छन् ।
राष्ट्रिय तथ्यांक कार्यालय तथा त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) का विज्ञहरूको समूहले एकल महिला समूह (डब्ल्युएचआर) सँगको सहकार्यमा तयार गरिएको प्रतिवेदन विगतका जनगणना र सर्वेक्षणहरूका साथै संयुक्त राष्ट्रसंद्दले तयार गरेको जनगणनासम्बन्धी विभिन्न सिफारिसलाई समेत मनन गरी तथ्यांकको तुलनात्मक विश्लेषणका आधारमा तयार गरिएको हो ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया